Wednesday, June 30, 2010

कुखुरा निकासी गर्न माग

दमक÷ कुखुरा निकासी खुल्ला नगरेको भन्दै झापाका कुखुरा व्यावसायी आक्रेसित भएकाछन् ।
उनिहरुले निकासी खुल्ला नभए कडा आन्दोलन उत्रने चेतावानी दमकका कुखुरा व्यावसायीहरुले दिएकाछन् । पत्रकार सम्मेलन गरि यस्तो चेतावानी दिएका हुन् । उनिहरुले आफ्ना माग तत्काल पुरा नभए आन्दोलनका लागी लोकल कुखुरा ब्याबसायि संघ दमकले सङ्घर्ष गर्ने संघका सचिब राजेन्द्र श्रेष्ठले बताए । गत बर्षको माघ देखि भेटेरिनरी प्रमाण पत्र नदिईएकाले झापामा उत्पादित कुखुरा अन्य जिल्लामा निकासी हुन जिल्ला प्रसासनले रोकेको सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । त्यसैगरी झापाबाट निकासी हुँदैन भने झापामापनि कुखुरा र यसका अण्डा चल्लाहरु कुनैपनि आयातमा संघले रोक लगाईने बताएका छन् ।

च्च शिक्षामा जोड

नगेन्द्र राई
१६असारदमक, सिटिईधिटीद्वारा सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रको प्राबिधिक कक्षाहरु सिएमए र एएनएम कक्षा पास गर्ने बिद्यार्थीहरुले उच्च शिक्षा पढ्न पाउनुपर्ने प्राबधान बनाउनुपर्ने दमकमा आयोजित एक अन्तकृ्रयाका सहभागिहरुले बताएका छन् ।
बुधबार आयोजित सिटिईभिटी समस्या र सम्भावना बिषयक अन्तकृ्रया कार्यक्रमका सहभागिहरुले सिएमए र एएनएम पास गर्ने विद्यार्थीहरुले चाहेमा स्नातक तह साथै एचए र एमबिबिएस अध्यायन गर्नपाउने कोटाको ब्यावस्था नेपाल सरकार र सिटिईभिटीले मिलाउनुपर्ने बताए ।

Monday, June 28, 2010

एक कदम फड्को मार्दैछु

विगत ५ वर्षको पि्रु व्लगिङ प्रस्ता केही पे का साथ आज म अयाँ यात्रामा अगाडी बढीरहेको छु । गएको वर्ष अगाडी स्व। दाई काचन लिम्बूको प्रेरणमा मैले ब्लगिङ सुरु गरेको थिए । लागतार ५ वर्षको यात्रामा धेरै आरोह अवरोहरु पार गर्न सफल भएको छु । निक्कै उत्साह र उमंगका साथ व्लगिङ सुरु गरेको म व्लगिङको दौरानमा कहिले पनि हैरान मानिन जहाँ निरन्तर त्यहा सफलता भन्ने कुराई सिरोधर गर्दै निरन्तर व्लगिङ गरिरहे त्यही निरन्तरताको क्रमले आज धधध।यिवषषब।अयु सम्म पुग्न सफल भएको छ ।

Monday, June 21, 2010

आदिवासी चलचित्र महोत्सव


काठमाडौ, अषाढ ७ ।'ज्ञान हस्तान्तरण' को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ ।
महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् ।

Wednesday, June 16, 2010

व्यवसायीलाई नीति निर्माण तहमा लानुपर्छः बलराम आचार्य

पूर्वााचलको हरित नगरी इटहरी अहिले व्यापारिक दृष्टिले चर्चाको शीखरमा छ । त्यसमा पनि यहाँ रहेको गोरखा डिर्पाटमेण्ट स्टोरको नाम नसुन्ने प्रायः कमै होलान् । यस डिर्पाटमेण्ट स्टोरमा सर्वसाधारणदेखि उच्च सरकारी अधिकारीलगायत सीमावर्ती भारतीय जिल्लाबाट समेत किनमेलाका लागि आउने गर्दछन् । यस डिर्पाटमेण्टले ११ वर्ष पूरा गरी आज असार २ गते १२ औं वार्षिक उत्सव मनाएको छ । यसै सन्दर्भमा गोरखाका संचालक बलराम आचार्यसँग गरिएको कुराकानीः-  
अहिले इटहरीको व्यापार व्यावसाय कस्तो चलिरहेको छ  ?
इटहरी बजारको मात्र होइन समग्र देशको व्यापार व्यावसायहरु देशको राजनीतिक स्थिरताका कारण बिग्रदो अवस्थामा छ । व्यावसायीहरु स्वतन्त्रतापूर्वक आफ्नो व्यावसाय साचालन गर्न पाइरहेका छैनन् । सरकारले व्यापार व्यावसायको प्रवद्र्धका लागि कुनै पनि प्रकारका कदम नचालेको कारण दिन-दिनै व्यापारिक क्षेत्र धरासय बन्दै गएको छ ।

Sunday, June 13, 2010

फेरिएन सीमावासीको समस्या

विमर्श उप्रेती
काँकरभिट्टा जेष्ठ । नेपालको पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित भन्सा खोलासहित भारतसँग सीमा जोडिएका नेपाली भूमि अतिक्रमणमा परेको यतिका वर्ष भईसक्दा पनि सीमा विवाद समस्या अझै समाधान हुन सकेको छैन ।  झापाका दक्षिणपूर्वी गाविसहरु पाठामारी महेशपुर पृथ्वीनगर चन्द्रगढी ज्यामिरगढी तथा उत्तरपूर्वी विकट गाविसको रुपमा रहेको बाहुनडाँगी लगायतका सीमा गाविस तथा मेची नदीसँग सिमाना जोडिएका मेची नगर नगरपालिका भद्रपुर नगरपालिकाको करिब १ हजार देखि १२ सय हेक्टर भूमि विवादमा रहेको २०५५÷५६ को सँयुक्त सीमा अनुगमन टोलीको अध्ययनले देखाएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सो टोलीले ०५५÷०५६ देखि करिव ४ वर्ष सम्म सीमा विवाद सम्बन्धी अध्ययन गर्दा पूर्वका भन्सा खोला पाठामारी बाहुनडांगीस्थित तिरिङ्गको सीमा स्तम्भको पिलर र दशगजा अतिक्रमणमा परेको जनाएको छ । 

उच्चबाँधको काम बन्द गर्न माग

धनकुटा ३० जेठ  । सप्तकोशी उच्चबाँध निर्माण भएमा पूर्वका ९ वटा पहाडी जिल्लामा मानवीय भौगोलिक र वातावरणीय समस्या उत्पन्न हुने भन्दै विभिन्न संघ संस्थाले निर्माण कार्य रोक्न माग गरेका छन् । उच्च बाँध निर्माण कार्य जनभावना विपरित भएको आवाज उठिरहेको बेला सरकारले उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयारीको काम सुरु गरेको भन्दै उनीहरुले कडा विरोध जनाएका छन् । सप्तकोसी उच्च बाँध सरोकार साजाल किरात राई यायोख्खा लगायत संघसस्थाले डिपिआर र उच्चबाँध निर्माण कार्यको विरोध जनाएका हुन् । 
साजालका केन्द्रीय अध्यक्ष बलबहादुर राईलॆ विगतमा भारतसंँग भएको सन्धीसम्झौतामा नेपालले गुमाएको पानीमाथिको अधिकार कोशी उच्चबाँधमा पनि मुख्य सरोकारको विषय बनेको बताउनु भयो ।
सुनसरीको बराहाक्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तर रहेको सुनाखम्बी क्षेत्रमा भारत सरकारको अनुदानमा बाँंध निर्माण गर्ने सम्झौता अनुसार अहिले डिपिआर तयारीको काम भइरहेको छ । सो स्थानमा २ सय ६९ मिटर अग्लो बाँंध निमार्ण गरी १ सय ९० वर्ग किलोमिटर जलासय बनाएर विद्युत उत्पादन गर्ने योजना रहेको छ ।

Saturday, June 12, 2010

उधौलीको पर्खाइ संगै विदा भयो साकेला

इटहरी २९ जेष्ठ ।एक महिनादेखि सुरु भएको किरात राईहरुको महान पर्वको रुपमा मानिने साकेला शनिबार समापन भएको छ । प्रकृति पुजक मानिने किरात राईहरुले उभौली पर्वको रुपमा परापूर्वक कालदेखि मानाउदै आएको सकेला बैसाख पूर्णीमाबाट सुरु भएको शनिबार ठिक एक महिना पछि शानदार रुपमा समापन भएको हो । विभिन्न ठाउँहरुमा छरिएर रहेका राईहरुले एक महिनासम्म सानो-सानो समुहमा सिलि नाचेर आफ्नो पुर्खौली पर्व मनाइरहेका भए पनि सनिबार समापनको दिन जिल्ला भरिका साकेला समुहहरु एकै स्थानामा भेला भएर संयुक्त रुपमा सिलि नाचेर समापन गरेका छन् ।

सरकारले चासो देखाएन

काँकाडभिट्टा २९ जेष्ठ । सरकार र दलहरुले द्धन्द व्यवस्थापनबारे चासो नदेखाएको वेपत्ता सार्वजानिक गर्ने कुरा भाषणमा मात्र सिमित रहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । उज्यालो ९० नेटर्वको आयोजना तथा स्थानीय मेची ट्युन्स एफएमको सह-आयोजनामा तत्कालीन नेकपा माओवादीद्वारा संचालित जनयुद्धपछि झापामा शान्ति स्थापनाको अवस्थाबारे विषयको सार्वजानिक सुनुवाई शनिबार झापाको धुलाबारीमा भएको कार्यक्रममा उनीहरुले राज्यले तुरुन्त वेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरे ।

डिपिआर रोक्न यायोक्खाको माग

धरान २९ जेठ । किरात राई यायोक्खाले सप्तकोशीे उच्च बाँधको डिपिआर तयारी कार्य तत्काल रोक्न माग गरेको छ । शनिबार सुनसरीको धरानमा यायोक्खा सुनसरीले आयोजना गरेको साकेला उभौलीको समापन कार्यक्रममा वक्ताहरुले नेपालको हित विपरित रहेको भन्दै उच्च बाँध निर्माणको कार्य तत्काल रोक्न माग गरेको हुन् ।
कार्यक्रममा यायोक्खाका केन्द्रीय उपाध्यक्ष राजबहादुर राईले सप्तकोशी उच्च बाँध निर्माण कार्य आईएलओ १६९ विपरित रहेको भन्दै स्थानीय आदिवासी जनजातिहरुसँग छलफल नै नगरी काम गर्न नपाईने बताउनु भयो । उच्च बाँध नेपाल र नेपालीको हितमा नरहेको भन्दै उहाँले भारत सरकारले स्थानीय जनताको भावनालाई समेट्न नसकी काम सुरु गर्नु हेपाहा प्रबृति हो भन्नुभयो ।

Friday, June 11, 2010

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विराटनगरमा

विराटनगर २८ जेठ÷ इण्टरनेशनल तेक्वान्दो फेडेरेसन पूर्वााचल संघको आयोजनामा विराटनगरमा दुई दिने राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तेक्वान्दोका फेडरेशनका संस्थापक जनरल चोइको छैठो स्मृति दिवसका अवसरमा जेठ ३१ र असार १ गते दुई दिन उक्त प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टिम गरी १ सय २० खेलाडीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

डिपीएस विजयी

विराटनगर २८ जेठ  । मोरङ जिल्ला फुटबल संघको आयोजनामा कोकाकोला अन्तरस्कुल फुटबल प्रतियोगिताको विराटनगर क क्षेत्रको विराटनगरको सहिद मैदानमा शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार उद्घाटन भएको खेलमा विराटनगरको दिल्ली पब्लिक स्कुल डिपीएस विजयी भएको छ । डिपीएसले अरनिको उच्च माविलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । डिपीएसका अमन कार्कीले २ गोल तथा अनभव कार्की र रोशन चोटारीले १-१ गोल गरेक थिए । यसअघि मोरङ फुटबल संघका उपाध्यक्ष उद्धव अर्यालले मुख्य रेपि्रु विमलराज भण्डारीलाई फुटबल दिएर खेलको उद्घाटन गरेका थिए । सो प्रतियोगितामा विराटनगरभरिका निजी तथा सरकारी गरी २१ विद्यालयका टिमको सहभागिता छ ।

सहमति नभएसम्म संविधान नबन्ने

विर्तामोड २८ जेष्ठ । राजनैतिक दलहरुवीचको सहमति कायम नभएसम्म संविधान बन्न नसक्ने शुक्रवार झापामा आयोजित एक अन्र्तकि्रया कार्यक्रमका सहभागीहरुले बताएका छन् । ुमानव अधिकार मैत्री संविधान अन्र्तकि्रया कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी झापा सह-इाचार्ज ज्योतििसंह दर्लामीले विधिको शासनका लागि सबै जातीय वर्गीय क्षेत्रीय र लिङ्गीय जस्ता समस्या संवोधन हुने संविधान बनाउनु पर्ने बताउनु भयो ।

विपीका कर्मचारीहरु आन्दोलनमा

धरान २८ जेठ। सेवा सुविधा बृद्धि नभएको भन्दै सुनसरीको धरान स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । आपुना मागहरुको सुनुवाई नभएको भन्दै कर्मचारीहरुले असार १ गतेदेखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्ने र सोही दिनदेखि असार ७ गते हातमा कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका छन् । यस्तै असार ८ गते शिक्षाध्यक्ष रजिष्टार र अस्पताल निर्देशकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने कर्मचारीले बताएका छन् । एक हप्ताको समयमा समेत माग पूरा नभएमा ९ गते संयुक्त छलफल गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानमा कार्यरत संस्था कर्मचारी कल्याण माच नसर्िङ्ग वेलफेयर कमिटी र स्वास्थ्य प्राविधिक कल्याण समितिको शुक्रबार भएको संयुक्त छलफलले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

Wednesday, June 9, 2010

यस पालिको विश्वकपलाई नियाल्दा

  • सन्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता

शम्भू केसी
विश्व खेलकुदको सबैभन्दा ठूलो महाकुंभ मेलाको रुपमा रहेको संसारका लगभग सतप्रतिशत जनमानसले प्रत्यक्ष हेर्ने, बुझ्ने, मनोरञ्जन लिने खेलको रुपमा रहेको विवकप फुटवल प्रतियोगिताको १९ औं संस्करणको शुरुवात हुन केही दिन मात्र बाँकी रहेको छ । दक्षिण अफ्रिकामा आयोजना हुन गईरहेको यो प्रतियोगितामा यसपालि पनि अन्तराष्ट्रिय फूटबल महासंघ फिफाले संसारको पाँचै महादेशको सहभागिता हुने गरी कुल बत्तिस राष्ट्रका टीमहरुलाई अन्तिम छनौटका लागि मैदानमा उतारेको छ । 

आदिवासीलाई पन्ध्र प्रतिशत

नगेन्द्र राई
२७ जेष्ठदमक । आदिवासी जनाजातीलाई बजेट नदिने निस्कर्ष लिएको दमक नगरपालिकाले अन्ततः पन्ध्र प्रतिशत रकम आदिवा सीलाई छुट्याउने भएकोछ ।  बुधवार आदिवासी र दमक नगरका प्रतिनिधिहरुवीच सहमति अनुसार यस्तो निर्णय भएको हो । बार्तामा सहभागी किरात राई यायोक्खाका झापा जिल्ला अध्यक्ष सन्त कुमार बान्तावाले अहिले सरकारको तर्फबाट नगरपालिकालाई आउने १ करोढ ४७ लाख रुपैयाको १५ प्रतिशत आदिवासी जनजातिको शिर्षकमा छुट्याउन नगरपालिका सहमत भएको बताउनुभयो ।

उच्च बाँधको विरुद्ध जातीय मोर्चाहरु आन्दोलनमा

इटहरी २६ जेठ । एकीकृत नेकपा माओवादी निकटका विभिन्न जातीय संगठनहरुले सप्तकोसी उच्चबाँध परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयारीको काम तत्काल नरोकेमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । एकीकृत म्ााओवादीसँग आवद्ध १५ वटा बिभिन्न जातीय मोर्चाहरुले बुधबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी नेपाली जनताको हित विपरीत रहेको आयोजनाको काम नरोके आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । विराटनगरमा मङ्गलबार भएको संयुक्त बैठकपछि जातीय मोर्चाहरुले तत्काल परियोजनाको डिपिआर तयारीको काम नरोकिए असार ३ गतेपछि आन्दोलनमा जाने बताएका छन् । पत्रकार सम्मेलनमा संयुक्त जातीय मोर्चा उत्तरी क्षेत्र कोचिला राज्य समितिका संयोजक मुक्साहाङ मेन्याङ्बो मुकेसले उच्च बाँधको काम रोक्न ३ गते झापा मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गर्ने जानकारी दिनुभयो ।

किसान अवैध मल प्रयोग गर्न बाध्य

इलाम २६ जेठे  ।  इलामका किसानहरुले अबैध रुपमा भित्रने गरेको रासायनिक मल प्रयोग गर्न बाध्य रहेका छन् । सरकारले अनुदानको मल गाउँ तहसम्म प्रभावकारी ढंगले वितरण गर्न नसक्दा किसनहरुले अबैध रुपमा भित्रिएको रसायनिक मल प्रयोग गर्न बाध्य भएका हुन् । खुला सिमानाको कारण अबैध रुपमा इलामका व्यापारीहरुले भारतबाट मल भित्र्याउने गरेका छन् । भारतबाट भित्रिने मल गुणस्तरहीन भएपनि सरकारले वितरण गर्ने भनेको मलभन्दा छिटो वितरण हुने अनुदान मलभन्दा सस्तो हुने भएकोले किसनहरु अबैध रुपमा भित्रने गरेको मल प्रयोग गरिरहेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने सहुलियत दरको गुणस्तरीय रासायनिक मलमा किसानहरुको पहँुच पुग्न सकेको छैन् । सरकारले यस बर्ष अनुदानको रसायनिक मल जिल्लामा ५० प्रतिशत किसानसमक्ष पुर् याने लक्ष्य राखेको थियो । तर सरकारले छुट्याएको रकमले २० प्रतिशत किसानहरुलाई मात्र धान्ने कृषि सामग्री संस्थान इलामका शाखा प्रबन्धक चन्द्र चौलागाईले जानकारी दिनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि बचत

इनरुवा २६ जेठ । सुनसरीको सिमरियाका विद्यालय जाने किशोरीहरुले उच्चशिक्षा अध्ययनको लागि दैनिक बचन सुरु गरेका छ्न । उत्सुकता किशोरी केन्द्रको अगुवाईमा सिमरियाका मुस्लिम र मधेसी किशोरीहरुले उच्च शिक्षा अध्ययन लागि खर्च गर्न बचत सुरु गरेका हुन् । सिमरिया १ की १६ वर्षीया ममिना खातुनले गएको मंसिर महिनादेखि दैनिक बचत गरिरहेकी छन् । खातुनले शिक्षक बनेर समाजको अन्धविश्वास र अध्याँरो हटाउने सोचका साथ उच्चशिक्षा पढ्नका लागि दैनिक १० रुपौयाँका दरले बचत सुरु गरेकी हुन् । खातुनले हालसम्म २ हजार १ सय रुपैयाँ बचत गरेको बताइन् । खातुनले तराईवासी मधेसी त्यसमाथि पनि मुस्लिम समुदायका महिलाहरु घरबाट बाहिर जान नहुने धारणालाई चिर्नका लागि उच्च शिक्षा आर्जन गर्ने सोच लिएकी छन् । उच्च शिक्षा अध्ययन गर्न विद्यालय जाँदाको दैनिक नास्ता र अन्य खर्चबाट कटाएर दैनिक बचत गरेको खातुनले जानकारी दिइन् ।

हतियार प्रहारबाट दुई घाइते

विर्तामोड २६ जेठ । झापाको घेरावारीका एक व्यक्तिले आपुनी श्रीमतीसँंग अनैतिक सम्बन्ध राखेको आरोपमा स्थानीय एक युवकलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएका छन् । घेराबारी ७ का मोटे सतारले मंगलबार राति स्थानीय ४० वर्षीय दुर्गाप्रसाद भण्डारीलाई छुरा प्रहार गरी घाईते बनाएका हुन् । बजारबाट घरमा आउँदा श्रीमती शुक्रमणीसँंग भण्डारी बसिरहेको फेला पारेपछि मोटेले भण्डारीमाथि छुरा प्रहार प्रहरीले जनाएको छ । भण्डारीले आपुनी श्रीमतिसँग अनैतिक संबन्ध राखेको आरोपमा मोटेले छुरा प्रहार गरेका हुन् ।